हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् ।
फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन
थानकोट ।
छायांकार विदुर पाण्डेको हृदयघातले निधन भएको छ । चलचित्र प्राविधिक संघका अनुसार बिहान पौने ६ बजे काठमाडौंस्थित निवासमा उनको निधन भएको हो ।
उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् ।
चर्चित नेपाली फिल्महरु कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा कार्य गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् । फिल्म कागबेनीलाई पहिलो नेपाली डिजिटल फिल्म समेत मानिन्छ ।