चन्द्रागिरिका स्वास्थ्य केन्द्रहरूको अनुगमन
थानकोट ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रहरूको अनुगमन गरिएको छ । नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक वसन्ती श्रेष्ठको नेतृत्वमा नगरभित्र सञ्चालित स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रको अनुगमन गरिएको हो ।
अनगुमनका क्रममा तीनथाना स्वास्थ्य चौकी, मच्छेगाउँ स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र १० र सतुङ्गल स्वास्थ्य चौकीको अनुगमन गरेको थियो । सो क्रममा स्वास्थ्य संस्थामा भएका समस्याको पहिचान तथा समाधानका उपाय, आवश्यक औजार उपकरणको अवस्था र आवश्यकताको पहिचान लगायत विविध विषयमा छलफल भएको चन्द्रागिरि नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उप-शाखाकी जगदिश्वरी अवस्थी पाण्डेले जानकारी दिनुभयो।
नगरका विभिन्न विषयगत समितिका संयोजकहरू एवं सदस्यहरू, विभिन्न शाखाका कर्मचारी लगायत स्वास्थ्यकेन्द्र अनुगमन टोलीमा सामेल रहेको सामाजिक विकास समिति संयोजक एवं चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो ।