नृत्य निर्देशक संघ नेपालले ७औं स्थापना दिवस मनाउँदै
थानकोट ।
नृत्य निर्देशक संघ नेपालले आफ्नो स्थापना दिवस श्रावण २४ देखी २६ सम्म विविध कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।
संघको ७औं स्थापनाका दिवसको अवसरमा नृत्य निर्देशकहरूले मंगलबार ठमेलस्थित नाट्यश्वर महादेवको पूजा गरेका छन् ।
सो कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका कार्यवाहक अध्यक्ष श्री प्रदिपमान श्रेष्ठले नृत्य निर्देशकहरूको हकहितका पक्षमा संघले निरन्तर कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिनुभयो ।
सो क्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले मुलुकका सबै प्रदेश तथा स्थानीय निकायमा नृत्य निर्देशक संघको विस्तारका लागि जोड दिनुभयो ।
केन्द्रीय उपाध्यक्ष भावना कार्कीको संयोजकत्वमा संघले ७औं स्थापनाका दिवसका अवसरमा बुधबार कलानिधि इन्दिरा संगीत महाविद्यालय, ललितपुर पुल्चोकमा नृत्य निर्देशकहरूका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको बताइएको छ ।
२०७३ श्रावण २६ गते स्थापना भएको नृत्य निर्देशक संघ नेपाल नेपालको नृत्य क्षेत्रको पहिलो संगठित संस्था हो ।