असार २७ गतेबाट अवरूद्ध थानकोट-चित्लाङ सडक खुल्यो (भिडियोसहित)
थानकोट ।
भीषण पहिरो झरेका कारण असार २७ गतेबाट अवरूद्ध गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) सोमबारबाट सुचारू भएको छ ।
सडक डिभिजन कार्यालय काठमाण्डाैले सोमबार मध्यान्ह पहिरो हटाएसँगै सडक सुचारू भएको चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय काठमाण्डाैको सक्रियतामा सो सडकमा खसेको पहिरो हटाइएको हो ।
सडक सुचारू भएसँगै चित्लाङ जाने सवारीसाधनहरू गुड्न थालेका छन् । यसअघि हिजो आंशिक रूपमा सडक खुल्ला भएको थियो ।