थानकोट-चित्लाङ सडकको पहिरो आज हटाइ सकिने, साँझबाट सवारी सञ्चालनको सम्भावना
थानकोट ।
पहिरोका कारण असार २७ गतेबाट अवरूद्ध थानकोट-चित्लाङ सडक आशिंक रूपमा खुलेको छ ।
हिजो साँझ सडकमा खसेको पहिरो हटाएर सडक आंशिक रूपमा खुल्ला गरिएको सडक निर्माण सरोकार समितिका रामशरण नेपालले जानकारी दिनुभयो । पूर्णमात्रामा पहिरो हटाउने कार्य नसकिएकोले आज बिहानै पहिरो हटाउने कार्य सुरू हुने नेपालले जानकारी दिनुभयो ।
यसैबीच सो सडक आज बिहान ११ देखि मध्यान्ह १२ सम्म र दिउँसो ३ देखि ४ बजेसम्म खुल्ला गरिने र सो बाहेकको समयमा सडकको पहिरो हटाइने बताइएको छ ।