चुनाव मिति घोषणासँगै चन्द्रागिरिमा राजनीतिक दलहरू छलफलमा व्यस्त

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यको निर्वाचन एवंम् समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न राजनीतिक दलहरूले समय खर्चन थालेका छन् ।

मंसिर ४ लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै चन्द्रागिरिमा क्रियाशील नेपाली काँग्रेस, राप्रपा लगायतका दलहरूले छलफल अघि बढाएको सम्बन्धित दलका प्रतिनिधिहरूले बताएका छन् ।

शनिबार नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं. १० का संघीय सांसद् राजेन्द्र कुमार केसीको उपस्थितिमा सो दलको क्षेत्र नं. १० ख को कार्यालयमा दलका क्षेत्रीय नेताहरूसहितको छलफल कार्यक्रम राखिएको बताइएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको चन्द्रागिरि नगर कमिटिको कार्यालयमा सो पार्टीको काठमाण्डाै क्षेत्र नं. १० ख का क्षेत्रीय नेता तथा स्थानीय नेताहरूको उपस्थितिमा सक्रिय सदस्य सचेतना कार्यक्रम आयोजना गरिएको राप्रपा स्रोतले जानकारी दियो । कार्यक्रमका दाैरान सो पार्टीको २२ बुँदे माग, पार्टीको एजेण्डा लगायतका बारेमा छलफल भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *