उपत्यकाका १० प्रहरी वृत्त प्रमुखहरूको सरूवा, थानकोट वृत्तमा को ?

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगन्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरूको सरुवा गरेको हो ।

डीएसपी अंगुरबाबु जिसीको प्रहरी वृत्त महाराजगञ्ज, प्रहरी वृत्त गौशालामा सञ्जीवबाबु खड्का, प्रहरी वृत्त सिंहदरबारमा गोविन्द पुरी, प्रहरी वृत्त लैनचौरमा हरिबहादुर बस्नेतको काज सरुवा भएको छ ।

डीएसपी वीरेन्द्र गोदार (जिप्रका संखुवासभा), रविन्द्रनाथ पौडेल (जिप्रका मुस्ताङ), प्रकाश श्रीमल (जिप्रका लम्जुङ), मञ्जिल मुकारुङ (जिप्रका खोटाङ), मुकुन्दप्रसाद रिजाल (जिप्रका अर्घाखाँची), मधुसुदन न्यौपाने (जिप्रका पर्वत), प्रेमबहादुर शाही (जिप्रका बैतडी)को काज सरुवा भएको छ ।

प्रहरी वृत्त थानकोटका प्रमुख डिल्लीनारायण पाण्डे साबिककै स्थानमा हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *