ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
थानकोट ।
काठमाडौंको कोटेश्वरमा गएराती सडक छेउमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ र पछाडि सवार भक्तपुरको चारदोबाटो बस्ने मकवानपुरको बकैया गाउँपालिका-४ की ३६ वर्षीया भुमिका आलेमगर घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी आले मगरको उपचारको क्रममा माइतीघरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। चालक श्रेष्ठको उपचार भने बानेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको छ।
सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा श्रेष्ठले चलाएको बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भई ठोक्किएको थियो।