नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने

थानकोट ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकपका विभिन्न संस्करणमा सहभागिता जनाएको केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।
नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो । यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ ।
सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कनेछ, यद्यपी खेल मिति भने यकिन भइसकेको छैन् ।
नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए ।
‘नेपालले ५ टी-ट्वान्टी अन्तराष्ट्रिय र तीन ५० ओभरको अभ्यास खेल्ने पक्का भएको छ । यसको मिति भने केही दिनमा नै सार्वजनिक गरिने छ,’ खेलपाटीसँग चन्दले भने, ‘टोली अगस्ट १७/१८ तारिख तिर जान्छ होला ।’
केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो ।