भदौ पहिलो साता तालमेलको मोडालिटी टुंग्याउने सत्ता गठबन्धनको निर्णय
थानकोट ।
सत्ता गठबन्धनले मंसिर ४ का लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले भदौ पहिलो साताभित्र तालमेलको मोडालिटी बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए।
तालेमलेको निम्ति कार्यदल गठन गरिने उनले बताए। सबै दलका सदस्य सम्मिलित कार्यदललाई छिट्टै पूर्णता दिने तयारी गरेको छ।
सत्ता गठबन्धनले स्थानीय तहमा चुनावमा पनि तीन तहको कार्यदल गठन गरी तालमेल टुंग्याएको थियो।