चुनाव मिति घोषणा भएपछि राप्रपाले बोलायो बैठक
थानकोट ।
सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेपछि राजनीतिक दलहरू रणनीतिक योजनाका लागि होमिएका छन् । निर्वाचन मिति घोषणा भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डाै क्षेत्र नं. १० ख को पार्टी कमिटि बैठक डाकेको छ ।
सो पार्टीका काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले श्रावण २१ गते शनिबार आसन्न निर्वाचनका विषयमा छलफलका लागि बैठक बोलाइएको जानकारी दिनुभयो ।