छिटोछिटो पिसाब लाग्ने समस्या छ भने यो रोगको लक्षण हुनसक्छ
थानकोट ।
प्रायः मानिसहरू शरीरका स-साना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु ।
दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकी यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०-१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुनसक्छ ।
छिटोछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुनसक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सक कहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुहुन्छ ।
दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन् । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन्।
तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।
मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।
कुलथी
अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।
अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन् ।
मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।