संघ र प्रदेशको चुनाव मंसिर ४ गते आइतबार गर्ने सरकारको निर्णय
थानकोट ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते आइतबार गते गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको बताइएको छ । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।