वडा कार्यालयले सतुंंगलका अतिक्रमित फुटपाथ व्यवस्थित गर्ने
थानकोट ।
फुटपाथ अतिक्रमण गरी व्यवसाय सञ्चालन हुने क्रम बढेपछि वडा कार्यालयले फुटपाथमा सञ्चालन भएका व्यवसाय सात दिनभित्र हटाउन सूचना जारी गरेको छ ।
चन्द्रागिरि-११ सतुंगलचोक देखी विष्णुदेवी शिक्षासदन माविसम्म मुल सडकका दायाँबायाँ अनियन्त्रित रूपमा व्यवसाय गरिँदा पैदलयात्रीका लागि हैरानी भएको तथा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले फुटपाथमा सञ्चालन भइरहेका व्यवसाय व्यवस्थित गर्न पहल सुरू गरेको वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।
वडा कार्यालयले दिएको समय सीमाभित्र सो खालका व्यवसाय जारी रहेमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐनमा नगरका फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गरेमा एक सय रूपैयाँदेखी दश हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।