श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

थानकोट ।
श्वेतगंगा हाइड्रोपावरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।
यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकामा ४ हजार ४४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ।
श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो।
लगानीकर्ताले सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सकिने छ। ।