मुग्लिन-नारायणगढ सडक खण्ड पुन: अवरुद्घ

थानकोट ।
करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अवरूद्ध भएको छ।
२४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।
भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको हो।
सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।
हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो। करिब २४ घन्टापछि राति पहिरो पन्छाएर सडक खुलाइएको थियो। आज पुन अवरूद्ध भएको छ। बाटो खुलाउने प्रयास भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीले भने।
अहिले बाटो खुलाउने पहल भइरहेको छ। सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।