काठमाण्डाै शिक्षा क्याम्पसकी विजयालाई एसियन हप्किडोमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

जुलाई महिनामा मध्य एसियाली मुलुक उज्वेकिस्तानमा सम्पन्न मार्सल आर्ट विधा अन्तर्गत पर्ने हाप्किडो खेलमा नेपालले स्वर्ण पदक जितेको छ । फर्गानामा सम्पन्न एसिया हाप्किडो च्याम्पियनसिप २०२२मा नेपालकी विजया कुमारी वाईबाले स्वर्ण पदक जित्नुभएको हो ।

काठमाण्डाै शिक्षा क्याम्पस सतुंगलमा अध्ययनरत वाइबाले प्रतियोगिताको ५०-५५ केजी ताैल समुहमा सो सफलता प्राप्त गरेको नेपाल हाप्किडो संघले जानकारी दिएको छ । यस्तै,  प्रतियोगितामा नेपालका प्रविन गरूङले ७०-७५ केजी  तथा गुमन घर्तीमगरले ६०-६५ केजी ताैल समुहमा कास्य पदक जित्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *