साफ यू-२० च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै

Thankot Times

थानकोट ।
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियाे । नेपाल अस्ति आइतबार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
बङ्गलादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ । माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्गलादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।
फाइनल खेल शुक्रबार हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *