अवरूद्ध थानकोट-चित्लाङ सडक खुलाउने प्रयास जारी

Thankot Times

थानकोट ।

पहिरोका कारण असार २७ गतेबाट अवरूद्ध गणेशमानसिंह मार्ग (थानकोट-चित्लाङ) सुचारू गर्ने प्रयास जारी छ ।

सो सडक खण्डको राम्चे-चन्द्रागिरि खण्डमा ठूलो पहिरो गएपछि यातायात पूर्णरूपमा बन्द छ । केहीदिन अघिबाट सुरू गरिएको पहिरो पन्छाउने कार्यमा प्रयोग गरिएको एक्जाभेटरमा आइतबार  समस्या आएपछि डिभिजन सडक र यान्त्रिक महाशाखाले अर्को एक्जाभेटर उपलब्ध गराएपछि पहिरो पन्छाउने कार्य जारी राखेको छ । सो सडकको पहिरो पन्छाउन अझै केहि दिन लाग्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *