२०७४ को प्रदेश सभा सदस्य निर्वाचन : काठमाण्डाै क्षेत्र नं. १० ‘ख’ को अन्तिम मत परिणाम यस्तो थियो
थानकोट ।
मुलुक संघीयतामा रूपान्तरित भएपछि भएको पहिलो प्रादेशिक निर्वाचनको पाँच वर्ष पूरा हुँदै गर्दा सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ ।
२०७४ मंसिरमा सम्पन्न प्रदेश तहको पहिलो निर्वाचनमा काठमाण्डाै क्षेत्र नंं १० ख मा नेपाली काँग्रेसका धर्मनन्द श्रेष्ठलाई २ हजार ८ सय ८६ मतान्तरले पछि पार्दै नेकपा एमालेकी रमा आलेमगरले प्रदेश सांसद् को चुनाव जित्नुभएको थियो । आले अहिले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ ।
काठमाण्डाै क्षेत्र नं. १० ख बाट सो चुनावमा विभिन्न दल तथा स्वतन्त्र गरि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा नेपाली काँग्रेसका धर्मनन्द श्रेष्ठ, नेकपा एमालेकी रमा आलेमगर, राप्रपा प्रजातान्त्रिकका राज कुमार केसी, संघीय समाजवादी फोरमका देव कुमार महर्जन, नेकपा मालेका घनश्याम श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मनहरी बलामी, नेमकिपाका हिराकाजी शाही, नयाँशक्ति पार्टी नेपालका होम प्रसाद रिजाल, एकिकृत राप्रपा राष्ट्रवादीका कृष्ण मिजार, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुरेश लामा तामाङ, नेपाः राष्ट्रिय पार्टीका विष्णुभक्त गोपाली, विवेकशिल साझाका एलिसा महर्जन, नेपाली काँग्रेस बिपीका बलराम कार्की र स्वतन्त्र उम्मेदवार सुमन सिग्देलले उम्मेदवारी दर्ता गराएका थिए । यस्तो छ निर्वाचन आयोगले उपलब्ध गराएको २०७४ सालमा सम्पन्न प्रदेश निर्वाचनमा काठमाण्डाै क्षेत्र नंं १० ख मा उम्मेदवारहरूले प्राप्त गरेको मत परिणामः