तपाँईका नानीबाबु पढ्ने स्कुलका बसचालकले मापसे पो गरेका छन् कि !
थानकोट ।
ट्राफिक प्रहरीले उपत्यकका विभिन्न स्थानमा चेकजाँच गर्दा ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।
अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।
१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तस्बिरः उपत्यका ट्राफिक प्रहरी कार्यालय