बलम्बुको सहकारी काण्ड नसेलाउँदै कुलेश्वरमा सहकारीका सञ्चालक फरार

Thankot Times

थानकोट ।

करिब १८ करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा नेपाल प्रहरीले चन्द्रागिरि १२ बलम्बुको एक सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै अर्को सरकारीका संचालकले गरेको बदमासीको खबरले नेपालको सहकारी क्षेत्र पुनः तरङ्ग फैलिएको छ ।

कुलेश्वर काठमाण्डाैमा रहेको गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारी पीडितले सहकारी विभाग गुहारेका छन् ।

सहकारीका सञ्चालकहरु बचतकर्ताको पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएको भन्दै पीडितहरु सहकारी विभागमा पुगेका छन् । सञ्चालक फरार भएपछि सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ ।

सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएको भन्दै बचतकर्ताहरु विभागमा आएको विभागका उप-रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिएको समाचार छ।

सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक-पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ ।

सहकारीको कार्यलय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका सञ्चालक रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेकोले सहकारी पीडितको घेराबन्दीपछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ