थानकोट प्राथमिक अस्पतालमा यसै वर्ष डायलासिस सेवा सुरू गर्ने चन्द्रागिरि नगरको तयारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यसै वर्ष देखि थानकोटस्थित प्राथमिक अस्पतालमा डायलासिस सेवा सुरू गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।

स्वास्थ्य सेवा दिवसका अवसरमा शुक्रबार नगरमा आयोजित कार्यक्रममा मेयर प्रमुख घनश्याम गिरीले थानकोटस्थित प्राथमिक अस्पतालमा डायलासिस सेवा सुरू गर्ने लक्ष्य राखिएको बताउनुभएको हो । सो क्रममा मेयर गिरीले नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने तयारी गरिरहेको समेत बताउनुभयो ।

सो कार्यक्रममा चन्द्रागिरि नगरका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूमध्ये उत्कृष्ठ हुने कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिकहरूका लागि चन्द्रागिरि नगरले मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने


Leave a Reply

Your email address will not be published. Required fields are marked *