ज्येष्ठ नागरिकहरूका लागि चन्द्रागिरि नगरले मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य सेवा दिवसका अवसरमा शुक्रबार नगरमा आयोजित स्वास्थ्यकर्मी सम्मान कार्यक्रमा नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकहरूका लागि मधुमेह र रक्तचापको औषधी निःशुल्क उपलब्ध गराउने तयारी गरिरहेको बताउनु भएको हो ।

सो कार्यक्रममा चन्द्रागिरि नगरका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूमध्ये उत्कृष्ठ हुने कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख गिरीले नगरपालिकाले यसै वर्ष देखि सम्पुर्ण वडामा ‘घर दैलो नर्स सेवा’ समेत संचालन गरिने जानकारी दिनुभयो । नगरले थानकोट प्राथमिक अस्पतालमा यसै वर्षदेखी मृगाैलाका बिरामीहरूका लागि डायलिसिस सेवा शुरु गर्ने लक्ष्य राखेको बताउनु हुँदै नगरप्रमुख गिरीले नगरका स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुको पारिश्रमिकमा एकरुपताको लागि प्रक्रिया अगाडी बढाउने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *