गणितमा धेरै विद्यार्थी कमजोर

Thankot Times

थानकोट ।

बुधबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले अझै पनि धेरै विद्यार्थी गणित विषयमै कमजोर रहेको देखाएको छ ।

यस वर्ष कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले गणित विषयको परीक्षा दिएका थिए ।

ती मध्ये एक लाख ८८ हजार ९४ को गणितमा ई ग्रेड आएको छ । ५९ हजार एक सय ४७ जनाले डी ग्रेड ल्याएका छन् । डी र ई ग्रेड ल्याउने विद्यार्थी कुल संख्या दुई लाख ४७ हजार दुई सय ४१ छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुनेछ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *