बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्याम थापा बलम्बुबाट समातिए

Thankot Times

थानकोट ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका-१ का ४८ वर्षीय श्यामबहादुर थापालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनका अनुसार थापाले पीडितलाई सानिमा बैंक लिमिटेड चेक काटेर दिएका थिए। असार ३ गते उच्च अदालत पाटनले थापालाई पाँच दिन कैद र १५ लाख १९ हजार ७५० रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार भएको प्रहरी उपरीक्षक महतोले बताए।

प्रहरीले थापालाई बुधबार चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ