पोखरी बनेको नागढुङ्गा-दहचोक-कलंकी सडक

Thankot Times
थानकोट ।
कलंकीबाट नागढुङ्गा आइपुग्ने छोटो सडक मार्ग (कलंकी-नैकाप-दहचोक-नागढुङ्गा) को अवस्था दयनीय बनेको छ ।
नैकाप फुटबल ग्राउण्ड नजिकै चन्द्रागिरि १३ र १४ को सिमामा पर्ने सडकमा बनेका खाडल समयमै मर्मत हुन नसक्दा पानी पर्ने बित्तिकै सडक तालमा परिणत हुने गरेको छ । व्यस्त सडक बिग्रिएको लामो समय भइसक्दा मर्मतका लागि न त स्थानीय निकायले चासो देखाएका छन् न त नियामक सडक विभागले नै । घर अघिल्तिरको सडकमा परेका खाडल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोमा स्थानीयहरू चिन्तित छन् ।
सामाजिक सञ्जालमा देखिएका सो सडकका केहि प्रतिनिधि तस्बिरः


Leave a Reply

Your email address will not be published. Required fields are marked *