चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

Thankot Times

थानकोट ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल-मालाले स्वागत गरेका थिए ।

गत सोमबारको मन्त्रीपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।  हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए ।

 

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त


Leave a Reply

Your email address will not be published. Required fields are marked *