फिलिपिन्समा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
थानकोट ।
फिलिपिन्समा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अवरा प्रान्तको डोलोरेस सहरबाट ११ किलोमिटर दक्षिणपूर्व क्षेत्र केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको हो ।
अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
भूकम्पको धक्का राजधानी मनिलालगायत क्षेत्रमा महसुस भएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्प महसुस गरे पनि सुनामी आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।
अहिलेसम्म भूकम्पबाट क्षति पुगेको विवरण प्राप्त भएको छैन् ।