भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

Thankot Times

थानकोट ।

नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको छ । ६४ वर्षीय केसीले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

बोर्डको अध्यक्षमा अभिनेता केसी सहित १० जनाको दाबेदारी परेको थियो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा १० जनाको दाबेदारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *