सुन्दरीजलको ढुङ्गामा बसेर फाेटाे खिचाउने क्रममा खाेलामा खसेका किशाेरकाे शव भेटियाे
थानकोट ।
काठमाण्डाैकाे सुन्दरीजलमा खोलामा खसेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।
हिजो शनिबार खोलामा खसेर बेपत्ता भएका कपनका १६ वर्षका शुभमश्री प्रधानको शव आज फेला परेको प्रहरीले जनाएको छ । प्रधान साथीहरूसँग सुन्दरीजल घुम्न गएका थिए ।
मृत फेला परेका प्रधान हिजो शनिबार दिउँसो ढुङ्गामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए ।
सुन्दरीजलमा चिप्लिएर खोलामा खसेका १६ वर्षीय किशोरको खोजी कार्य जारी