छाता र वर्षादी छुट्याे कि ? यस्ताे छ आजको माैसम

थानकोट ।
देशभर आजकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।