पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामा

थानको ट।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु,’ पुबुदुले भने । नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुबुदुले राजीनामा बुझाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान)ले दसानायकेलाई गत मङ्सिरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यान बोर्ड बैठकले पूर्व प्रशिक्षक पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो । टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो सहभागिता थियो । त्यसपछि भने नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेको छैन् ।
यसैबीच नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका हुन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने निश्चित क्यानडा क्रिकेटले जनाएको छ ।