चन्द्रागिरिमा योजना संकलन गर्न जनप्रतिनिधिलाई भ्याई नभ्याई
थानकोट ।
आर्थिक वर्ष २०७९/८० का लागि बजेट पास भएका स्थानीय निकायहरू वर्षभरि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको माग तथा छनोटमा केन्द्रीत भएका छन् ।
चन्द्रागिरि नगरका सबै पन्ध्र वटा वडाहरूमा आर्थिक वर्ष २०७९/८०का लागि योजना छनोटका लागि वडा कार्यालयहरूले निश्चित समय र स्थानमा उपस्थित भई योजना टिपाउन अनुरोध गरेका छन् । जनप्रतिनिधिहरू साँझ बिहान टोल टोलमा पुगि नागरिकहरूको गुनासो, सुझाव एवं माग समेतका आधारमा योजना संकलन गरिरहेका दृश्यले सामाजिक सञ्जाल रंगिन देखिएका छन् ।
सम्बन्धित वडा कार्यालयहरूबाट नगरसभाबाट पारित भएको बजेटको सिलिङको परिधिभित्र रहि संकलन एवं चयन गरेको योजना नगरमा पेश भएसँगै कार्यान्वयनका लागि प्रक्रिया जानेछन् ।