नेपालद्वारा स्कटल्याण्डलाई १२९ रनको लक्ष्य

Thankot Times

थानकोट ।

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डलाई जितका लागि १ सय २९ रनको लक्ष्य दिएको छ ।

ताइतवड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए ।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए  । आरिफ शेख सुन्य रन आउट भए ।

सन्दीप लामिछाने २२ रनमा आउट हुँदा किशोर महतो सुन्य रनमा अविजित रहे । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।

आज घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड पनि नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको  छ ।  नेपालले १९ खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *