नामिबियाले नेपाललाई दियो २०० रनको चुनाैती

Thankot Times

थानकोट ।

विश्वकप क्रिकेट लिग टू मा नेपालले नामिबियाविरुद्ध २०० रनको विजयी लक्ष्य पाएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।  जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *