श्रीलंकाबाट ल्याइएको भगवान बुद्धको अस्तु धातु थानकोटमा अवलोकन गराइयो
थानकोट ।
श्रीलंकाबाट ल्याइएको भगवान बुद्धको अस्तु धातु थानकोटस्थित जितवन बाैद्ध विहारमा अवलोकन गराइएको छ ।
बिहीबार श्रीलंकाबाट ल्याइएको सो अस्तु धातु शुक्रबार नेपालका लागि श्रीलंकाका राजदुत हिमाली सुभाषिनी अरुणतिलाकाको उपस्थितिमा अवलोकन गराइएको हो । सो क्रममा राजदुत अरुणतिलाकाबाट विहार हातामा कल्पवृक्ष रोपण समेत भएको बताइएको छ ।
थानकोटस्थित जितवन बाैद्ध विहारमा भगवान बुद्धको अस्तु धातु अवलोकन गर्न दक्षिण एशियाली क्षेत्रीय संगठन सार्कका महासचिव एसला रुवान वीराकून, चन्द्रागिरि नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, प्रहरी वृत्त थानकोटका प्रमुख डिल्ली नारायण पाण्डे लगायतको उपस्थिति रहेको जितवन विहार स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो । भगवान बुद्धको अस्त धातु विशेष अवसरमा मात्र अवलोकन गर्न सकिन्छ ।
तस्बिरहरू सलिम श्रेष्ठबाट