श्रावण ३ गतेसम्म चन्द्रागिरि नगरपालिकाको राजश्व सेवा बन्द
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले श्रावण १ देखि ३ गतेसम्म नगरको राजश्व सम्बन्धी सेवा बन्द हुने जनाएको छ ।
चन्द्रागिरि नगरको आर्थिक ऐन- २०७९ लाई राजश्व सम्बन्धी सफ्टवेयरमा स्तरोन्नति गर्ने कार्यका लागि उक्त अवधिसम्म राजश्व सम्बन्धी सेवा बन्द हुने राजश्व शाखाले जनाएको छ ।
यसैबीच चन्द्रागिरि नगरको राजश्व सम्बन्धी सफ्टवेयरको स्तरोन्नति हुनेभएपछि वडा कार्यालयहरूले उक्त अवधिमा राजश्वसँग सम्बन्धित कुनैपनि कार्य नहुने सूचना जारी गरेका छन्।