पुष्पा भुसाल उपसभामुखमा निर्वाचित
थानकोट ।
प्रतिनिधि सभाले झण्डै चार वर्षपछि उपसभामुख पाएको छ । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालको पक्षमा १४८ मत परेपछि उनी उपसभामुखमा चयन भएकी हुन्।
उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसालको विपक्षमा ९३ मत परेको थियो भने एक जना तटस्थ बसेका थिए ।
यसअघि २०७४ को चैतमा भएको उपसभामुखको निर्वाचनमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन्। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै पाएकी थिइन्।