नेपाल विरूद्ध स्कटल्याण्ड १४४ रनमा अलआउट

थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ ।
ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीलरे गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
९४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्कटल्याण्डका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले हमजा ताहिरसँग मिलेर १०औं विकेटका लागि ४९ रनको साझेदारी गरे । ५९ बल खेल्दै उनले ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए ।
१० ओभरको पावर प्लेमा २९-३ को अवस्थामा रहेको स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए ।
स्कटल्याण्डलाई १४४ रनमा अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए । आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए ।
कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।