ह्वात्तै बढ्यो चन्द्रागिरि केबलकारको भाडा, दुई तर्फी टिकटको मूल्य ८ सय रूपैयाँ
थानकोट ।
चन्द्रागिरि हिल्सले चन्द्रागिरि नगरपालिकामा सञ्चालन गरिरहेको केबलकारको भाडामा वृद्धि हुने भएको छ ।
साउन १ गतेबाट लागु हुने गरि कायम गरिएको नयाँ भाडादर अनुसार अब नेपाली नागरिकहरूले दुई तर्फी यात्रा गर्नका लागि ७९९ रूपैयाँ तिर्नुपर्नेछ । अहिले दुई तर्फी यात्रा गर्नका लागि ७०० रूपैयाँ तिर्नुपर्दछ ।
यस्तै, सोहि मितिबाट लागु हुने गरि दुई तर्फी टिकका लागि सार्क देशका आगन्तुकहरूले १२८० रूपैयाँ, चिनियाँ आगन्तुकले १५ अमेरिकी डलर तथा अन्य देशका आगन्तुकहरूले २२ अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ । हाल यो दर क्रमश ११२० रूपैयाँ, १५ र २२ अमेरिकी डलर रहेको छ ।
एक तर्फी यात्राका लागि नयाँ भाडादर अनुसार अब नेपाली नागरिकहरूले ४७५ रूपैयाँ तिर्नुपर्नेछ, अहिले सो का लागि ४१५ रूपैयाँ तिर्नुपर्दछ ।
हालको टिकटदर
२०७९ श्रावण १ बाट लागु हुने टिकट दर