कीर्तिपुर नगरका कर्मचारीले पाउँदै आएको इन्धन, सवारी साधन मर्मत तथा खाजा खर्च स्थगित

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले सो नगरपालिका मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले पाउँदै आएका विभिन्न सुविधाहरू स्थगित गरेको छ ।

नगरको मंगलबार बसेको कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत कर्मचारीहरूले विगतदेखी पाउँदै आएको इन्धन, सवारी साधन मर्मत तथा कार्यालय खाजा खर्चका विषयमा पुनरावलकोन गर्न आवश्यक देखिएकोले अर्को मापदण्ड तयार भइ लागु नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको बताइएको छ ।

निर्णय हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ