अपर हेवाखोलाको आईपिओ भर्ने आज अन्तिम दिन
थानकोट ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २४ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।
आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि जेठ १० देखि जेठ २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निश्क्सहं भईसकेकोले बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो।
कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।