उपत्यकाका नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरलाई सहयोग गर्ने

Thankot Times

थानकोट ।

फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले बताएका छन्।

सोमबार काठमाडौं महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको बैठकमा उनीहरूले फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका हुन्।

उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो।

बैठकको मुख्य विषय दीगो फोहोरमैला व्यवस्थापन रहेको जनाइएको छ।

‘उपत्यकाका पालिकाहरूमा केही साझा र केही भिन्न समस्याहरू छन्’,  शाहले भने, ‘यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौं।’

बैठकमा साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषयमा मुख्यत रहेको जनाइएको छ।

शाहले महानगरले काम र नेतृत्व पनि गरिरहेको बताए।

‘घर-घरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ,’ उनले भने, ‘यो विधि शतप्रतिशत प्रभावकारी छ। फोहोरलाई ग्यासका रूपमा रूपान्तरण गर्दा ३० देखि ३५ प्रतिशतमात्र प्रभावकारी देखियो। अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो।’

शाहले जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि सहकार्य गर्न अनुरोध समेत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ