नेपालले आज क्यानडासँग खेल्दै

क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दैछ ।
क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । २ सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ ।
क्यानडा भने नेपाललाई हराएर घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।