बागमती प्रदेश न्यू डायमन्ड कप: तेश्रो स्थानका लागि डायमन्डले परोपकारसँगै प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा डायमन्डले परोपकार महिला होस्टेल माथि २५-२२, २५-१०, २५-१४ को सोझो सेटमा जित निकाल्यो ।

प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार व्यहोरेको छ । अब डायमन्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ । खेल शनिबार हुनेछ ।

प्रतियोगिताको फाइनलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली भिड्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *