साउनदेखि करार सेवाका कर्मचारी हटाइने
थानकोट ।
साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरूको सेवावधि नविकरण नहुने भएको छ ।
सोताङ गाउँपालिका, सोलुखुम्बुले करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको हो । सोताङ गाउँपालिकाको गत शुक्रबार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अर्जुन दर्जीले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अवधि नथप्ने निर्णय गरेको जानकारी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीद्धारा हस्ताक्षरित सूचनामा आगामी २०७९ साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरुको करार सम्झौता थप तथा नवीकरण नहुने निर्णय भएका कारण अर्को निर्णय भइ करार थप नभएसम्मका लागि कार्यालय, अस्पताल तथा विद्यालयमा हाजिर भइ काम काज नगर्न र हाजिर भएमा तलब सुबिधा सम्बन्धमा स्वंयम जिम्मेवार हुने जनाइएको छ ।