पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

Thankot Times

थानकोट ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले ले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *