रविभवनमा भयानक सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट । शनिबार साँझ रविभवनमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा४ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३०प ६५६२ नम्बरको मोटरसाइकल ठोकिएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा५ख ४२७२ नम्बरको अर्को बसमा पुनः ठोकिएको थियो।

हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका- ७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मध्य राति मृत्यु भएको हो।

दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *