प्रथम चन्द्रागिरि न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगिताको उपाधी न्यू डायमण्ड एकेडेमीलाई

थानकोट ।
प्रथम चन्द्रागिरि न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगिताको उपाधी न्यू डायमण्ड एकेडेमीले जितेको छ ।
न्यू डायमण्ड स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा परोपकार आदर्श माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड एकेडेमीले उपाधी चुमेको हो । चार टोली सम्मिलित प्रतियोगिताको तेश्रो स्थानका लागि भएको खेलमा ज्ञानसुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होममाथि जित हात पार्यो ।
उपाधीसँगै न्यू डायमण्डले नगद ५० हजार ट्रफी र मेडल पाउँदा दोश्रो भएको परोपकारले २५ हजार नगद ट्रफी र मेडल तथा तेश्रो स्थानको ज्ञानसुधाले १५ हजार नगद हात पार्दा चाैथो स्थानमा चित्त बुझाएको ब्राइट होराइजनले १० हजार रूपैयाँ हात पार्यो ।
विजयीहरूलाई चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले ट्रफी तथा मेडल हस्तान्तरण गर्नुभयो ।
व्यक्तिगत विधामा न्यू डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइकर, डायमन्डकै निशा महरा उत्कृष्ट ब्लकर, परोपकारकी रोशनी कार्की उत्कृष्ट सेटर, परोपकारकै रुजिता दर्जी उत्कृष्ट सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारे ।